
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको हो पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश
सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई साउन २९ गते सोमबार बरामद सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त आदेश जारी गरेको हो ।
प्रहरीले पत्रकार श्रेष्ठलाई साउन २३ गते बुधबार राति पक्राउ गरेको थियो ।

