मोरङ कारागारमा बिहानै तनाव, खानतलासीको विरोधमा कैदीबन्दी छतमा

cp new add
Nisharg hospital

विराटनगर । जिल्ला कारागार मोरङमा सोमबार बिहान कैदीबन्दीले प्रदर्शन गरेका छन् । कारागारभित्र प्रहरीले खानतलासी सुरु गरेपछि ब्लक ‘बी’ का कैदीबन्दी छतमा उक्लिएर प्रदर्शनमा उत्रिएका हुन् । विराटनगर महानगरपालिका–८ स्थित कारागारमा बिहान करिब ५ बजेदेखि प्रहरीले खानतलासी अभियान सुरु गरेको थियो । खानतलासीका क्रममा कैदीबन्दीले प्रहरीको टोलीलाई अवरोध गर्दै विरोध जनाएका थिए ।

Nast Ad

घटनापछि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागार परिसरमा पुगेको छ । कारागारको सुरक्षा अवस्थाबारे प्रशासनले निगरानी बढाएको छ।

प्रशासनले कारागारमा खानतलासीसँगै विवादास्पद छवि भएका अभिषेक गिरीका सहयोगीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो । यही क्रममा प्रहरीले खानतलासी सुरु गरेपछि ब्लक ‘बी’ का कैदीबन्दीले विरोध जनाएका हुन् ।

प्रदर्शनमा सहभागी कैदीबन्दीले प्रशासनले आफूहरूलाई पटक–पटक दुःख दिने गरेको आरोप लगाएका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...