सुदूरपश्चिमका मुख्यमन्त्री भोलि विश्वासको मत लिँदै

cp new add
Nisharg hospital

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने विषयमा छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ। मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार आज संसदीय दलको बैठक बसेर भोलि विश्वासको मत लिने तयारी भएको हो।

Nast Ad

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

हाल नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाको तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...