लागुऔषधसहित बझाङका दुई युवक पक्राउ

cp new add
Nisharg hospital

२५ कात्तिक, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन ।

Nast Ad

बेलौरी नगरपालिका–४ बुटाबारीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २१ मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–८ सिलाखेती बस्ने २३ वर्षीय उमेश धामी र सोही ठाउँका १९ वर्षीय महेश धामी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००९ प ६५०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...