रास्वपा बैठक लम्बिँदा संसद् ढिलाइ, हर्क साम्पाङको व्यङ्ग्य– ‘ग्यासको लाइन बस्न जानु पर्ला’

cp new add
Nisharg hospital

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक लम्बिँदा प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ।

Nast Ad

सरकार र सांसदबारे प्रश्न उठ्न थालेपछि सभापति रवि लामिछानेले आज मन्त्री र सांसदहरूको बैठक राखेका थिए ।बैठक अहिले पनि जारी छ। रास्वपा बैठक नसकिएकाले दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।

रास्वपा पार्टीको बैठक लम्बिएको कारण अझै बैठकको सुरसार नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले असन्तुष्टि जनाएका छन्। उनले भनेका छन्, ‘हामी यस्तै त हो नि हौ ब्रो‘।’

उनले बैठक सुरु हुने छाँट नदेखेपछि अब ग्यासको लाइन बस्न जानु पर्ला भन्दै व्यङ्ग्य गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...