हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री वाग्ले

cp new add
Nisharg hospital

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् ।

Nast Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्व संवाद कार्यक्रममा उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

छलफलमा सहभागी नागरिकहरूले नोटबन्दी किन नगर्ने रु भनी प्रश्न गरेका थिए । त्यसमा उनले सरकारको धारणा स्पष्ट पारे ।

उनले भने, ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुने, तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन । नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने ।

यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको भनाइ छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...