
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा एक जना युवकको हत्या भएको छ । शुक्रबार बिहान धारिलो हतियार प्रहारबाट २२ वर्षीय वसन्त कालाखेतीको हत्या भएको हो ।

दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका कालाखेतीलाई बिहान १० बजेतिर दुई जना मिलेर धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका कालाखेतीको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताए ।
हत्यामा संलग्न आरोप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–३ घर भएका शेखर यादव छन् । अर्का एक जना आरोपी फरार छन् । होस्टलमा बस्दै आएका अरू ३–४ जनामाथि सोधपुछ भइरहेको एसपी थापाले जानकारी दिए ।

