
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न विभागका प्रमुखहरूको नाम टुंगो लगाएको छ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र अर्थ विभाग प्रमुखमा लिमा अधिकारीलाई मनोनीत गरेको एक नेताले जानकारी दिए।
उनका अनुसार प्रवक्तामा ललितपुरका जगदीश खरेल मनोनीत भएका छन्। यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी तथा अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाललाई मनोनीत गरिएको छ।

