कैलालीमा खाेलाले बगाउँदा राेकामगरकाे मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ खैरेनीमा मटेली खोलाले बगाउँदा ५३ वर्षीय चन्द्रबहादुर रोकामगरको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ः३० बजे घरनजिकै रहेको मटेली खोला तर्ने क्रममा रोकामगरलाई खोलाले बगाएको थियो। खोलाले करिब १० मिटर तल बगाएपछि उनी मृत अवस्थामा फेला परेका थिए।

Nast Ad

घटनाबारे आइतबार बिहान ९ः१५ बजे गोदावरी नगरपालिका–४ का वडा सदस्य तारा प्रसाद छेडालले अस्थायी प्रहरी पोष्ट स्याउलेलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर शव निकालेर घरमा ल्याइएको थियो।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक हिरा सिंह महराको कमाण्डमा एसओसीओसहित पाँच जनाको टोलीसमेत घटनास्थलमा खटिएको थियो।

घटनास्थल अस्थायी प्रहरी पोष्ट स्याउलेबाट करिब १२ किलोमिटर उत्तरमा पर्छ। घटनास्थलको काम पूरा गरी आइतबार बिहान ११ः३७ बजे शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...