
काठमाडौं । विशेष कारणले प्रतिनिधि सभाको बैठक एक दिन पछि सरेको छ।

सङ्घीय संसद् सचिवालयले मंगलबार सूचना प्रकाशित गर्दै भदौ ९ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएको हो।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख पद्म प्रसाद पाण्डेयले बैठक भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गर्नुभएको सचिवालयले जनाएको छ।
बैठकको मिति र समय परिवर्तन भएको जानकारी प्रतिनिधि सभाका सम्पूर्ण सदस्यलाई गराउन सूचना प्रकाशित गरिएको हो।

