जिप दुर्घटना : २ जनाको मृत्यु, १७ जना घाइते

cp new add
Nisharg hospital

स्याङ्जा । गल्याङमा सोमबार बेलुका भएको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। करादीबाट वडा ९ को साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप दुर्घटना हुँदा गल्याङ नगरपालिका- ८ बस्ने २५ वर्षीया सदीक्षा थापा मगर पचभैया र वडा नम्बर ९ बस्ने ६० वर्षिय यमबहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए।

Nast Ad

उनका अनुसार घाइते १७ मध्ये १३ जना गल्याङ नगर अस्पतालमा उपचारपछि घर फर्किएका छन्। चार जना घाइतेलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ।

प्रभास पठाइएकोमा गल्याङ नगरपालिका -९ साङ्लियाकी बसन्ती विक, देवी विक, चितडाँडा बस्ने मेघनाथ खनाल र वडा नं ११ बस्ने राधा माया राना रहेका छन् । जीप उकालो चढ्नेक्रममा घुम्तिमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...