लिङ्देनले पठाएको पत्रलाई कमल थापाले भने- फेक

cp new add
Nisharg hospital

काठमाण्डौँ । राप्रपा पूर्वअध्यक्ष कमल थापाले बागमती प्रदेशमा मन्त्री रहेका ३ जना सांसदमाथि पार्टीले गरेको कारबाहीको पत्र ‘नक्कली’ रहेको टिप्पणी गरेका छन्।

Nast Ad

अध्यक्ष राजेन्द्र लिङ्देनले भदौ ८ गते बागमती प्रदेशकी उपसभामुखलाई राप्रपाका ३ सांसद पदमुक्त रहेको जानकारीसहितको पत्र पठाएका थिए। अध्यक्षले पठाएको पत्रलाई पूर्वअध्यक्ष थापाले नक्कली भनेका हुन्।

उक्त पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आज पूर्वअध्यक्ष थापाले पत्र ‘फेक’ हो कि भनेका छन्। ‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो म आश्चर्यचकित भएको छु,’ थापाले भनेका छन्, ‘यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ। यो सत्य नहोस्।’

बागमतीमा मुख्यमन्त्रीलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने विषयमा राप्रपाभित्र मतभेद छ। पूर्वअध्यक्ष थापा पक्ष भने बागमती सरकारमा गए पनि हुने पक्षमा उभिएको थियो।

साथै बागमती संसदीय दल नेता उद्धव थापामाथि राप्रपाले कारबाही गर्दा पनि थापाले असहमति जनाएका थिए। बागमतीमा राप्रपाका १२ सांसद छन्। राप्रपाले तीमध्ये ४ जनालाई पदमुक्त गरिसकेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...