प्रचण्ड भेटेपछि बदलियो नेकपा असन्तुष्ट पक्षको अडान, थापालाई विश्वासको मत

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने भएका छन्।

Nast Ad

मंगलबार दिउँसो पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि उनीहरू मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन तयार भएका हुन्। असन्तुष्ट सांसदहरूले राप्रपासँग सत्ता सहकार्य गरेको तथा नेकपा र नेकपा एमालेबीच भएको पाँचबुँदे निर्देशनअनुसार मन्त्रालय भागबन्डा नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

सत्ता सहकार्यका विषयमा केन्द्रीय संयोजन समितिको बैठकले निर्णय गर्ने सहमतिपछि मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिने निर्णय भएको सांसद गङ्गानारायण श्रेष्ठले बताए।

‘राप्रपासँग सत्ता सहकार्य गर्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने विषयमा संयोजक प्रचण्डसँग वैचारिक र राजनीतिक संवाद भयो। यस विषयमा केन्द्रीय संयोजन समितिको बैठकले निर्णय गर्छ,’ श्रेष्ठले भने, ‘बैठकले सहमति सही थियो भने ठीकै छ। ठीक थिएन भने विश्वासको मत फिर्ता लिन पनि सकिन्छ। उहाँले अहिले विश्वासको मत दिनोस्, बाँकी विषय बैठकमा छलफल गरौँला भन्नुभयो।’

केन्द्रले गरेको निर्णयप्रति श्रेष्ठसहित कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले असन्तुष्टि जनाएका थिए।

उनीहरूमध्ये कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ साबिक एकीकृत समाजवादीतर्फका सांसद हुन् भने बाँकी माओवादी केन्द्रतर्फका सांसद हुन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...