
काठमाडौं । सरकारले बाढी तथा विपद् प्रभावित जिल्लामा आपत्कालीन व्यवस्थापनका लागि तत्काल रकम पठाउने निर्णय गरेको छ।

विपद् परिषद्को आपत्कालीन बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विपद् जोखिम न्यूनीकरण विज्ञ डा. धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ पठाउने निर्णय भएको जानकारी दिए।
उनका अनुसार रकम जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको छ। आपत्कालीन राहत तथा व्यवस्थापनका लागि उक्त रकम प्रयोग गरिनेछ।
डा. उप्रेतीले विपद् प्रभावित क्षेत्रमा थप सहयोग तथा व्यवस्थापनसम्बन्धी निर्णय मन्त्रिपरिषद्को बैठकबाट हुने बताए।

