कैलालीमा प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या, पाँच जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा प्रेमीसँग मिलेर महिलाले श्रीमानको हत्या गरेको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

Nast Ad

लम्कीचुहा नगरपालिका—४ का ३४ वर्षीय दिपक सुनारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकी श्रीमतीसहितका पाँच जनालाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा सुनारकी श्रीमती यमुना सुनार, उनका प्रेमी लम्कीचुहा नगरपालिका—१० बस्ने दुर्योधन सुवर्णकार, टीकापुरका रामराजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिकाको कलकत्ताका भीमा राना र बिरेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार उनीहरुलाई फरक—फरक स्थानबाट पक्राउ गरिएको हो । पाँचै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान थालिएको छ । मृतककी श्रीमतीले प्रेमी सुवर्णकारसँग मिलेर श्रीमानको हत्या गरेको प्रारम्भिक अनुुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुले श्रीमतीमार्फत मृतकलाई अरामवतीको जंगलमा बोलाएर धारिलो हतियार प्रहार गरेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । हत्यापछि घटना लुकाउने उद्देश्यले शव टुक्राटुक्रा पारेर कर्णाली नदीमा बगाएको उनीहरुले बताएका छन् । तर यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navjeen New Ad
Loading...