रसुवा बाढीपीडितको राहतका लागि चैतन्य पाठशालाको १ लाख ११ हजार सहयोग

cp new add
Nisharg hospital

धनगढी । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि धनगढीस्थित चैतन्य पाठशालाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

Nast Ad

चैतन्य पाठशालाले बाढी प्रभावित दिदीबहिनी तथा दाजुभाइको उद्धार, राहत तथा मानवीय सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ।

पाठशालाले विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रमा मलम लगाउन र मानवीय सहायता पुर्‍याउन सबैको सानो प्रयासले पनि ठूलो अर्थ राख्ने जनाएको छ। साथै, आफूहरूबाट सहयोगी हातहरू अघि बढाउन र विपद्मा परेका नागरिकलाई साथ दिनसमेत आह्वान गरेको छ।

गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार तथा खोजी कार्यमा परिचालित छन्।

चैतन्य पाठशाला धनगढी–५, शिवनगरमा रहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...