रसुवा बाढीमा सम्पर्कविहीन सुदूरपश्चिमका १० जना सकुशल भेटिए, १३० जनाको अवस्था अज्ञात

cp new add
Nisharg hospital

धनगढी । रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका एक सय ४० जना मध्ये १० जना सकुशल भेटिएका छन् ।

प्रदेश प्रहरी कार्यालयकाअनुसार शुक्रबार बिहानसम्म सम्पर्कविहीन रहेका मध्ये १० जना सकुशल फेला परेका हुन् ।

सकुशल भेटिनेहरुमा कञ्चनपुर र डडेल्धुराका व्यक्ति रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

उनकाअनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका—३ बस्ने सुनिल चौधरी, भीमदत्त नगरपालिका—६ बस्ने चन्दा जोशी, वेदकोटका अजय राना, सुरेश राना, सन्तोश राना, बेलौरीका नवीन चौधरी, आर्दश चौधरी, कञ्चनपुरकै राकेश भट्ट, प्रदीप चन्द र डडेल्धुराका सुनिल बुढामगर सकुशल भेटिएका हुन् ।

उनीहरु मध्ये ७ जना हाइड्रो पावरमा काम गर्ने व्यक्ति हुन् भने चन्दा नर्सिङकी विद्यार्थी हुन् । अन्य दुई जना किन त्यहाँ गएका थिए ? भन्ने खुलेको छैन् । १० जना सकुशल भेटिएसँगै सम्पर्कविहीन भएका व्यक्तिको संख्या एक सय ३० कायम भएको छ ।

एसएसपी बिष्टकाअनुसार कैलालीका ४९, कञ्चनपुरका ३४, बाजुराका १४, डडेल्धुराका १७, बैतडीका आठ, दार्चुलाका चार, डोटी र बझाङका दुई÷दुई जना र र अछामका एक जना सम्पर्कविहीन भएको विवरण छ ।

सुदूरपश्चिम घर भएर कामको सिलसिलामा रसुवा पुगेका मजदुर, कर्मचारी तथा सुरक्षाकर्मी बाढीमा परेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...