सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा भट्ट, दुई सदस्य पनि नियुक्त

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सत्तारुढ नेकपा एमाले र नेकपाबीच भएको समझदारीअनुसार भट्टलाई नेकपाको कोटाबाट नियुक्ति दिइएको हो भने एमालेको सिफारिसमा अन्य दुई सदस्य पनि नियुक्त भएका छन् ।

एमालेको तर्फबाट नीति तथा योजना आयोगको सदस्यमा हिरा चन्द र गंगादत्त जोशीलाई पनि नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...