
काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा शुक्रबार (भदौ १२) मध्याह्न पुनः पानीको सतह उल्लेख्य बढेको छ । बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको छ ।
त्रिशूली नदीतटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
“भदौ १२, दिउँसो १२ः३१ बजे । भोटेकोसी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटीय क्षेत्र ९मुग्लिनसम्म० अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,” महाशाखाले भनेको छ ।
यही भदौ १० गतेको भीषण बाढीपश्चात् तिब्बतमा ल्हेन्दे खोला थुनिएर बनेको ताल फुटेर पानी बग्न थालेको नेपाल प्रहरीले जनाएको छ ।

