कञ्चनपुरमा नेपाली भूमीबाट दुई भारतीय प्रहरी नियन्त्रणमा, बलात्कारी आरोपी पक्राउ गर्न भन्दै आएका थिए

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीले दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहितका दुई जना इलाका प्रहरी कार्यालय दोधाराचाँदनीले नियन्त्रणमा लिएको हो ।

उनीहरु बलात्कार मुद्दाका आरोपी दोधाराचाँदनीकै शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनको घरमा पुगेका बेला नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले उनीहरुलाई इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएको पुष्टि गरे । उनकाअनुसार घटनाबारे माथिल्लो निकायमा जानकारी गराइएको छ । माथिल्लो निकायबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतकाअनुसार नेपाल प्रहरीसँगको समन्वय र पूर्व जानकारी बिना नेपाली भूमीमा प्रवेश गर्नेमा कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएस छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...