
धनगढी । कञ्चनपुरमा प्रहरीले १३ किलो बढि चरेशसहित दुई जनालई पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका–५ को गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।
पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–१ दहबगरका २२ वर्षीय कलक धामी र केदारस्युँ गाउँपालिका–७ काँडाचौरका ५० वर्षीय करन धामी रहेको रावतले बताए ।
उनकाअनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोस्ट गजरौलाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको सेतो रंगको बोलेरो पिकअप जिप जाँच गर्ने क्रममा चरेश बरामद गरेको हो ।
उनीहरुले बोलेरो पिकअपको बोनटमा लुकाएर राखिएको अवस्थामा चरेश भेटिएको थियो । प्रहरीले जिपसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जनाएको छ ।

