सुदूरपश्चिम चेम्बरले बाढी पीडितलाई एक लाख एक हजार रुपैयाँ सहयोग

cp new add
Nisharg hospital

धनगढी । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख एक हजार १ रुपैयाँ सहयोग गरेको छ।

नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर अफ कमर्स, धनगढी चेम्बर अफ कमर्स तथा गोदावरी चेम्बर अफ कमर्सले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

विपद्का कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको चेम्बरले जनाएको छ।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन सबै सरोकारवाला निकाय, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग गर्नसमेत चेम्बरले आग्रह गरेको छ।

चेम्बरले बाढी प्रभावित नागरिकको शीघ्र सामान्य जनजीवनमा फर्कन सहयोग पुग्ने गरी उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...