
अत्तरिया । कैलालीमा १५ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको अभियोगमा ९३ वर्षका बृद्ध पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका–९ की १५ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँ बस्ने ९३ वर्षीय बिरे जाग्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरीमाथि जाग्रीले गत २८ साउनमा जबरजस्तीकरणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
बालिकाका आफन्तले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले जाग्रीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार जंगल क्षेत्रमा घटना भइरहेको अवस्थामा किशोरीकी दिदीले देखेपछि प्रहरीलाई जानकारी दिएकी थिइन्।
पक्राउ परेका जाग्रीमाथि प्रारम्भिक अनुसन्धान तथा बयान लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

