
काठमाडौं । भोटेकोशी-त्रिशुलीका बाढी पीडितका लागि राहत सामाग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौं अवतरण गरेको छ। आज बिहान विपद्पछिका लागि आवश्यक राहत सामाग्री, फरेन्सिक ल्याबका सामग्री लिएर जहाज काठमाडौंमा अवतरण भएको हो।
यस अगाडिनै कोरियाको रेस्क्यू टोली आएर बाढी प्रभावित क्षेत्रका सुरुङमा खोज तथा उद्धारमा जुटिरहेको छ। बाढीपश्चात नेपालमा अहिलेसम्म भारत, चीन, युएई र कोरियाले जहाजमार्फत राहत सामग्री ल्याएका छन्।
बाढीमा परेका १ हजार ६८ जनाको शव निकालिएको छ। जसमध्ये ५८ जनाको शव परिवारलाई हस्तान्तरण भएको छ। अहिलेसम्म ५८३ विदेशीसहित ४६०६ जना नागरिक बेपत्ता रहेको प्रहरीले जनाएको छ।

