बाढीपछि फेला परेका सुनचाँदी, पैसा आफूसँग नराख्न -नबेच्न प्रहरीको अनुुरोध

cp new add
Nisharg hospital

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि हराएका सुनचाँदी, नगद फेला परेमा आफूसँग नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ । यस्ता धनमाल बिक्री वितरण नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

“भोटेकोसी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्त्वपूर्ण कागजात फेला परेमा आफूसँग राख्ने, बिक्री वितरण गर्नेजस्ता अपराधिक एवं अमानवीय कार्य नगर्नुहोस्,” प्रहरीले भनेको छ ।

फेला परेको सामान नजिकको प्रहरी कार्यालयमा बुझाएर असल नागरिकको परिचय दिन आग्रह गरिएको छ ।

यही भदौ १० गतेको हिमबाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...