जापानले नेपालका बाढीपीडितलाई ४५ करोड ३२ लाख आपत्‌कालीन अनुदान उपलब्ध गराउने

cp new add
Nisharg hospital

काठमाडौं । जापान सरकारले नेपालका बाढीपीडितलाई ३० लाख अमेरिकी डलर (४५ करोड ३२ लाख रुपैयाँ) आपत्‌कालीन अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । जापान सरकारले मंगलबार उक्त निर्णय गरेको जापानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जापान सरकारले विश्व खाद्य कार्यक्रम (डब्लूएफपी), रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) मार्फत आपत्‌कालीन अनुदान सहायता उपलब्ध गराउने जनाइएको छ ।

खाद्य, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता जस्ता क्षेत्रहरूमा मानवीय सहायता प्रदान गरिने जापानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जापानले डब्लूएफपीमार्फत १० लाख अमेरिकी डलरको खाद्य सहायता, आईएफआरसीमार्फत १० लाख अमेरिकी डलरको स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता सहायता र आईओएममार्फत १० लाख अमेरिकी डलरको गैर–खाद्य सामग्री उपलब्ध गराउने छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...