जेनजी आन्दोलनमा पक्राउ परेकालाई न्याय र घाइतेलाई क्षतिपूर्तिको माग गर्दै पोखरामा प्रदर्शन

cp new add
Nisharg hospital

जेनजी आन्दोलनमा पक्राउ परेकालाई यथाशीघ्र न्याय र घाइतेलाई क्षतिपूर्तिको माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेकाहरूको मुद्दाको सुनुवाइ एक वर्षसम्म पनि टुंगो नलागेको भन्दै यथाशीघ्र न्याय दिन प्रदर्शनकारीहरूको माग छ । यस्तै, उनीहरूले घाइतेलाई क्षतिपूर्ति तत्काल उपलब्ध गराउन पनि माग गरेका छन् ।

प्रदर्शनकारीहरूले मुलुकमा राजनीतिक रजाइँ अन्त्य गर्दै आन्दोलनसम्बद्ध पीडितहरूलाई न्याय दिन पोखरास्थित जेनजी चोकमा प्रदर्शन गरेका हुन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...