कैलालीमा सशस्त्र प्रहरीकाे बीओपीकाे १०० मिटरकाे दूरीमै तस्करी, प्रहरीद्वारा ७५ हजारकाे सामान बरामद

cp new add
Nisharg hospital

कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटमा भारतबाट भन्सार छली गरी ल्याइएको ७५ हजार ६ सय रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी सहायक हवल्दार केशवबहादुर साउँदको कमाण्डमा खटिएको टोलीले शनिबार बिहान ६ः२० बजे कुसुमघाटबाट सामान बेवारिसे अवस्थामा फेला पारेको हो । बरामद सामान इलाका प्रहरी कार्यालय भजनीमा राखिएको छ ।

प्रहरीका अनुसार बरामद सामानमा १५० प्याकेट बिडी (६७ हजार ५०० रुपैयाँ), श्याम सुर्ती ३ प्याकेट (१ हजार ३५० रुपैयाँ), चिनी १० किलो (१ हजार ५०० रुपैयाँ), सुकेको खुर्सानी ४ किलो (२ हजार रुपैयाँ) र सर्फ ५ किलो (७५० रुपैयाँ) रहेका छन् ।

त्यस्तै, प्याज १० किलो (१ हजार रुपैयाँ), आलु १० किलो (५०० रुपैयाँ) र कालो पोलिथिन २ किलो (१ हजार रुपैयाँ) बरामद भएको प्रहरीले जनाएको छ ।

कुसुमघाटस्थित सशस्त्र प्रहरीको बीओपीबाट करिब १०० मिटरको दूरीमा सामान बरामद भएको बताइएको छ । उक्त क्षेत्रमा सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भइरहेको आरोपसमेत लाग्दै आएको छ । यद्यपि, घटनामा सशस्त्र प्रहरीको संलग्नता पुष्टि हुने तथ्य सार्वजनिक भएको छैन ।

बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भजनीमा राखिएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...