कैलालीमा भन्सार छली ल्याइएका सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली भारतबाट अवैध रूपमा ल्याइएका करिब १ लाख ७ हजार १ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सुर्ती, चुरोट, गुट्खा, अटोको कप्लिङ रबर, इलेक्ट्रोनिकलगायतका सामान फेला पारेको हो।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...