नुवाकोट र रसुवालाई जोड्न फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज जडान गरिने

cp new add
Nisharg hospital

काठमाडौं । नुवाकोट र रसुवाबीच टुटेको सडक सम्पर्क जोड्न फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज जोड्ने प्रक्रिया अघि बढाइएको छ । भोटेकोसी बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद हुँदा आवतजावत र सामान ढुवानीमा ठूलो समस्या छ ।

“यो अवस्थामा रसुवालाई सडक सञ्जालसँग जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्गका रूपमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२, तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५, वहाखोलासम्म फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज जोड्ने प्रक्रिया अघि बढाएका छौँ,” पूर्वाधार विकास मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधअनुसार बेलीब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन र सहजीकरण गरिएको जनाइएको छ ।

“बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग तयार हुनेछ । यसबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दुरीमा पुग्न सकिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...