बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

cp new add
Nisharg hospital

काठमाडौं । बाढी प्रभावित रसुवा र नुवाकोटमा ५९ हजार ७३२ जनालाई मुखबाट दिइने हैजाविरुद्धको खोप (ओसिभी) लगाइएको छ।

स्वास्थ्य सेवा विभागको पछिल्लो प्रतिवेदनअनुसार रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनाले खोप पाएका छन्।

रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका तथा नुवाकोटका बिदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वरमा खोप अभियान सञ्चालन भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा टिटानस–डिफ्थेरिया (टिडी) खोप पनि लगाइएको छ। रसुवाका चार स्थानीय तहमा ८२१ र नुवाकोटको बिदुरमा ११३ जनाले टिडी खोप पाएका छन्।

बाढीपछि दादुराको शंकास्पद आठ नमुना परीक्षण गर्दा सातवटाको नतिजा नेगेटिभ आएको र एउटाको नतिजा आउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार बाढी प्रभावित क्षेत्रमा नियमित खोप, रोग निगरानी र हैजा नियन्त्रण अभियान सँगसँगै अघि बढाइएको छ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...