
२८ कात्तिक, धनगढी । सडक फराकिलो बनाउन धनगढी उपमहानगरपालिकाले थालेको संरचना भत्काउने कामले गति लिएको छ ।

उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको करीब २३ सय मिटर सडक दायाँबायाँ १५–१५ मिटर चौडा पार्न डोजरको प्रयोग गरेर संरचना भत्काइरहेको छ भने स्थानीय घरधनीले स्वस्फूर्त रुपमा पनि संरचना भत्काउन थालेका छन् ।




