
धनगढी । धनगढीमा सर्पले टोकेर एक युुवक घाइते भएका छन् ।

बाजुरा खप्तड छेडेदह गाउँपालिका—३ घर भएर धनगढी—२ सन्तोशी टोलमा डेरा गरि बस्ने १८ वर्षीय रमेश रावतलाई सर्पले टोकेको प्रहरीले जनाएको छ ।
सर्पको टोकाईबाट घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कोठामा फर्किने क्रममा रावतको दाहिने खुुट्टामा सर्पले टोकेको थियो ।

