
दार्चुला । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
आइतबार बिहान दुहुँ गाउँपालिका–२ हेकातीकी ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब निरीक्षक केशव शर्माका अनुसार घरबाट करिब २ किलोमिटर टाढा रहेको खर फागालामा खर काट्ने क्रममा लडेर जोशीको मृत्यु भएको हो।
मृतक जोशी दुहुँस्थित गौरीलमाडौँ माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रूपमा कार्यरत थिइन्।

