
धनगढी । कैलालीमा १३ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्रा पर्नेमा गोदावरी नगरपालिका–९ निवासी ४५ वर्षीय नवीन चौधरी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार उनलाई सोही ठाउँको बल्मीमा १३ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार चौधरीले साउन ११ गते राति साढे १० बजेतिर बल्मीस्थित एक घरको कोठामा बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ ।
घटनाबारे पीडितका आफन्तले आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएका थिए । जाहेरीपछि खटिएको प्रहरी टोलीले चौधरीलाई बल्मी बजारबाट पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

