
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ । आइतबार ४ हजार ७ सय ९५ रुपैयाँ रहेको चाँदी सोमबार ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ ।

