
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।
सोमबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरूको सुझावसमेत समेटेर प्रतिवेदन पारित गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार प्रतिवेदनमा पार्टी अध्यक्षले राजीनामा दिने र विशेष महाधिवेशन गर्ने विषय समावेश छैन । निर्वाचन समीक्षाका लागि यसअघि तयार भएका तीनवटा प्रतिवेदनलाई समेटेर एकीकृत प्रतिवेदन तयार गरिएको हो ।
सचिवालय बैठकपछि एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

