माथिल्लो त्रिशूली–१ मा ३९ जनाको मृत्यु, ४३९ अझै बेपत्ता

cp new add
Nisharg hospital

काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गतेको बाढीबाट हालसम्म ३९ जनाको मृत्यु पुष्टि भएको छ । ४३९ जना अझै सम्पर्कविहीन छन् ।

आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अनुसार बाढीका बेला आयोजनास्थलमा नेपाली, कोरियाली, चिनियाँ र भारतीयसहित १ हजार ४३३ जना कार्यरत थिए । तीमध्ये ८७७ जनाको उद्धार भएको छ भने ७८ जना सम्पर्कमा आएका छन् ।

बाँधस्थलदेखि मुख्य सुरुङतर्फ ठूला सवारीसाधनसमेत बाढीले बगाएको अवस्थामा फेला परेका छन् । सुरुङ, भूमिगत विद्युत्गृहलगायत संरचनाभित्र मानिस पुरिएको हुनसक्ने भन्दै भग्नावशेष र लेदो हटाएर खोजी भइरहेको कम्पनीले जनाएको छ ।

उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली परिचालन भएका छन् । तालिमप्राप्त कुकुर र पर्वतारोही टोलीसमेत खटाइएको छ । सडक सम्पर्क विच्छेद भएपछि हेलिकप्टरबाट मिनी एस्काभेटर, जेनेरेटर र ग्यास–कटिङ उपकरण लगेर उद्धार कार्य भइरहेको छ ।

बाढीबाट निकालिएका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुरस्थित क्याम्पमा पुर्‍याएर पहिचान तथा सनाखतको प्रक्रिया अघि बढाइएको छ । कम्पनीले मृतकका परिवारलाई काजक्रिया खर्च तथा बेपत्ताका परिवारलाई मनोसामाजिक परामर्श र आवश्यक सूचना उपलब्ध गराइरहेको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...