एमाले बैठकमा भोलिदेखि मोबाइल लैजान नपाइने, उठ्दा र बोल्दा ओलीको अनुमति लिनुपर्ने

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भोलिदेखि मोबाइल लैजान नपाइने व्यवस्था गरिने बताएका छन् ।

रामबाग महलमा सुरु भएको बैठकमा ओलीले आज पनि मोबाइल स्विच अफ गरेर राख्न आग्रह गर्दै बैठकभित्र मोबाइल चलाउन, कुराकानी गर्न, भिडियो खिच्न, अडियो रेकर्ड गर्न तथा लाइभ गर्न नपाइने बताए ।

उनले बैठकमा आसन छाड्दा अध्यक्षको अनुमति लिनुपर्ने र बोल्नुअघि अध्यक्षको ध्यानाकर्षण गराई अनुमति लिनुपर्ने व्यवस्था सुनाए ।

ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस हुने र सदस्यलाई अध्ययनका लागि समय दिइने बताए । छलफलमा लिखित रूपमा व्यवस्थित र बुँदागत धारणा राख्न तथा समय अभावमा भन्न नसकेका कुरा लिखित रूपमा बुझाउन उनले निर्देशन दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...