महाधिवेशनको उद्घाटन गरिदिन देउवालाई गगनको आग्रह

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको १५औँ महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका छन्।

बिहीबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पूर्वसभापति देउवाले पार्टीको अधिवेशन उद्घाटन गर्दा आफूहरूका लागि त्यो ठूलो सम्मानको विषय हुने बताएका हुन्। उनले भने, ‘मेरो आदरणीय नेता पूर्वसभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु, पर्सि हाम्रो अधिवेशन छ। अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति ठूलो सम्मानको विषय हुन्छ।’

उनले देउवालाई पार्टीको विधानले पनि अब सभापति बन्न नदिने बताए। संस्थापन इतरपक्षका नेताहरूले माग गरेका विषय सम्बोधन भइसकेकोले अब नेताहरूले अलमल नगरी महाधिवेशनमा सहभागी हुनुपर्नेमा उनले जोड दिए।

उनले पार्टीका अग्रज नेताहरूले पनि अब सोच्नेबेला आएको बताए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...