
धनगढी । कैलालीमा एक युवकमाथि खुडा प्रहार भएको छ ।
टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ बस्ने १८ वर्षीय विमल साउदमाथि खुडा प्रहार भएको प्रहरीले जनाएको छ ।
साउदलाई मोटरसाइकलमा आएको समूहले खुडा प्रहार गरेको हो । खुडा प्रहारबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
अवस्था भने खतरामुक्त रहेको छ । खुडा प्रहार गर्ने व्यक्तिहरुको पहिचान भने खुल्न बाँकी छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

