चुनाव नजिकिएसँगै दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीको निगरानी

cp new add
Nisharg hospital

२९ कात्तिक, धनगढी । दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ ।

Nast Ad

चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी र आपराधिक क्रियाकलाप बढ्नसक्ने सम्भावना रहने हुँदा सशस्त्र प्रहरी बल नेपाल नं.४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो ।

४४ नं गण दार्चुलाका एसपी डम्बरबहादुर विष्टले भारतसँग जोडिएका विभिन्न सीमा नाकाहरुमा अहिले बीओपीमार्फत् निगरानी बढाएको र मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको बताए ।

४४ नंं. गण दार्चुला मातहतमा अहिले ४ वटा बीओपी र १ वटा गुल्म रहेको बताइएको छ ।

जिल्लामा अहिले लाली, जोलजीवी, दत्तु र दुम्लिङमा बीओपी स्थापना भएका छन् भने छाङरुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी नेपाल नं ४४ गण हेड क्वाटर दार्चुलाले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...