
भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलबार दिउँसो अन्दाजी ३ बजे केएमसी अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सीटी ब्याङ्केट नजिक पैदलयात्रीलाई ठक्कर दिँदा घाइते भएका थिए ।
प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा १५:२० बजे मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा रोकिराखेको बा २१ च ५६७४ नम्बरको कारलाई समेत ठक्कर दिँदा कारको अगाडिको भागमा क्षति पुगेको छ ।
मोटरसाइकल चालक जुम्लाको हिमा गाउँपालिका ५ घर भई हाल सृजनानगर बस्ने २० वर्षीय दीपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

