
कैलाली । जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा भएका फैसलाअनुसार कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले २०८३ असोज ८ गते उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका–९ का २३ वर्षीय भीमबहादुर रावल रहेका छन् ।
त्यस्तै, सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय तोकिएका घोडाघोडी नगरपालिका–१० का २९ वर्षीय सन्तोष बि.क. पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको जनाएको छ।

