
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका- ५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो ।
‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ । एकिन भइसकेको छैन। हेलिकप्टर पनि गएको छ ।
एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेर आयो । अर्को हेलि फेरि पनि जाँदैछ ।’
उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

