बिनाकारण पक्राउ गर्ने दुस्साहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्छ : दाहाल

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुस्साहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । उनले पूर्वप्रधानन्यायाधीश शमशेरलाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेकोतर्फ संकेत गर्दै ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे ।

आगामी दिनमा यस्तो दुस्साहस नगर्न पनि सरकारको ध्यानाकर्षण गराए । कसैलाई असुरक्षा भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने उनको भनाइ छ । ‘यो सरकारका लागि भारी पर्छ । यही तरिकाले सरकार चलाउने कोसिस, दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ । सुरक्षा थ्रेट भन्ने कुरा बहानाबाजी हो । यदि त्यसो भने त सुरक्षा बढाइदिने हो नि,’ उनले भने ।

पूर्वप्रधानन्यायाधीश पक्राउ गरेर छोड्नुको तथ्य त विस्तारै खुल्दै जाने पनि उनले बताए । ुजे भए पनि यदि सरकारले छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ,’ उनले भने ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...