बेल्डाँडीमा सिकार गरेकाे अवस्थामा देखियाे बाघ

cp new add
Nisharg hospital

बेलौरी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र पर्ने बेलडाँडी–दैजी सडक खण्डको सडक किनारमा जङ्गली जनावर देखिन थालेपछि यात्रुहरू त्रसित बनेका छन् ।

निकुञ्जभित्रको सडक किनारमा बाक्लो झाडी हुँदा जङ्गली जनावरहरु सडक छेउमै देखिन थालेपछि सडकमा आवतजावत गर्ने यात्रुहरू त्रसित बनेका हुन ।

सोमबार बेलौरी स्थित जनज्योति माविका प्रधानाध्यापक टेकराज अवस्थीले महेन्द्रनगर जाने क्रममा मृग मुखमा च्यापेको पाठेबाघ देखेपछि तस्बिर सामाजिक सञ्जालमा राख्दै यात्रुहरूलाई सतर्क हुन आग्रह समेत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘आज बिहान गाडीमा महेन्द्रनगर गइरहेको वेला कालिकिच क्याम्पबाट लगभग २ कि मि टाढा एउटा अत्यन्तै ठुलो पाटेबाघ एउटा मृग मुखमा च्यापेर मेरो गाडी देखेर उभियो । मेराखुट्टाले एक्कासि ब्रेक लगायो उ रूकेपछि म हिँडे बिस्तारै हिँडेर जान थाल्यो ।

उनले आफ्नो गाडी पछाडि आइरहेको मोटरसाइकलमा सवार यात्रु धन्नै बाचेको बताएका छन् । उनले भने ‘मेरो पछाडि आइरहेको बाइक झन्डै उ सँग ठोकिनबाट जोगियो वहाँले ब्रेक लगाएर उसको पछाडिबाट क्रस गरेर सुरक्षित जानुभयो बाघले कुनै प्रतिक्रिया जनाएन सायद मृग मुखमा च्यापेकोले होला । यो गाडीको अगाडिको क्यामरामा कैद भएको छ । सबै सुरक्षित भएर हिँड्नुहोला ।’

सडक किनारमा बाक्लो झाडी भएका कारण जङ्गली जनावर आँखै अगाडि आएपछि मात्रै देखिने प्रधानाध्यापक अवस्थीले बताए । उनले सडक किनारका झाडी सफा गर्नुपर्ने माग राखेका छन् ।

यता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार दैजी बेलडाँडी सडक खण्डमा जङ्गली जनावरहरुको मुभमेन्ट बढ्दो रहेको स्वीकार गरेका छन् । ‘पानीको मुहान नहर किनार भएर जाने सडक भएकाले पछिल्लो समय जनावरको मुभमेन्ट बढेकै छ, सडक पनि ओहोरदोहोरको तवरले व्यस्त हो’ वाग्लेले भने ‘१०–१५ किलोमिटर लामो सडक खण्ड छ, किनारमा झाडी बढेकाले हामीहरु पनि त्यसलाई हटाउन समन्वय गरिरहेका छौ ।’

बेलडाँडी गाउँपालिका उपाध्यक्ष सहित निकुञ्जका कर्मचारी, सेना, वडाध्यक्ष लगायत सरोकारवाला निकाय सँग झाडी हटाउन छलफल भइसकेको सूचना अधिकारी वाग्लेको भनाइ छ । उनले पालिकाले आवश्यक मेसिन लिएर, स्थानीय जनप्रतिनिधि सहित सरोकारवाला निकायहरूले सफाइ गर्ने आवश्यक परे सेना पनि खटिने सहमति भइसकेको वाग्लेले बताए ।

वाग्लेका अनुसार सडक किनारको झाडी हटाउन अतिआवस्यक रहेकाले कार्यालयबाट नियमित कार्यक्रम पनि रहेको हुँदा पालिका सँग समन्वय गरी झाडी सफा गर्ने कार्यक्रम नै राखिएको बताए ।

निकुञ्जले सडकमा यात्रुहरूको सुरक्षालाई मध्यनजरमा राख्दै निकुञ्जको बिच भागमा पनि अस्थायी टहरा बनाइ गस्ती गर्ने समेत यस वर्षको कार्य योजनामा राखेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...