

२९ कात्तिक, धनगढी । धनगढीको गौरीशंकर डेन्टल क्लिनिकले दाँतको उपचार सेवामा ४० प्रतिशत छुट दिने भएको छ ।
मंगरबार पत्रकार सम्मेलन गर्दै क्लिनिकका सञ्चालक रतन एसकेले पत्रकार र उनीहरुका परिवारका सदस्यलाई दाँतको उपचारमा ४० प्रतिशत छुट दिने जानकारी दिए ।
क्लिनिक धनगढी उपमहानगरपालिका १ को पूरानो कैलाली अस्पताल पछाडि रहेको छ । क्लिनिकमा दन्त चिकित्सा क्षेत्रका अनुभवी चिकित्सकको समूहले अत्याधुनिक प्रविधिको प्रयोग गरि सामान्य तथा विशिष्ठ दन्त चिकित्सकिय सेवा प्रदान गर्दै आएको छ ।
क्लिनिकमा दाँत परीक्षण गर्ने, दाँत भर्ने, नमिलेको दाँत मिलाउने, नयाँ दाँत राख्ने, दाँत स्वास्थ्य राख्न परामर्श दिने, मुख तथा गिजाको उपचार हुने उनले बताए ।

