
धनगढी । धनगढीमा वडा प्रहरी कार्यालयले गरेको अप्रेसनका क्रममा साढे ५ ग्राम बढि लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ५ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय अभिषेक रानालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।
रानालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

