धनगढीमा दोस्रो अभिषेक मेमोरियल कप हुने, ट्रफी सार्वजनिक

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा दोस्रो अभिषेक मेमोरियल कप–२०८३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको ट्रफीसमेत सार्वजनिक गरिएको छ ।

जाई युवा क्लबको आयोजनामा हुने प्रतियोगिता असोज २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहनेछ ।

प्तियोगिताको विजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ र उपविजेताले १७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन टिम इन्ट्री शुल्क ३ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

प्तियोगिताबारे जानकारी दिँदै जाई युवा क्लबका कुबेर खड्काले सहकर्मी स्वर्गीय अभिषेकको सम्झनामा प्रतियोगिता आयोजना गरिएको बताए ।

उनका अनुसार युवालाई खेलकुदसँग जोड्ने र खेलकुदमार्फत युवाको सहभागिता तथा सक्रियता बढाउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको हो ।

अभिषेकको स्मृतिमा गत वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको छ । गत वर्षबाट सुरु गरिएको प्रतियोगिताको दोस्रो संस्करण यस वर्ष आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको मुख्य प्रवर्द्धक धनगढी उपमहानगरपालिका–५ को वडा कार्यालय रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितालाई सफल बनाउन विदेशमा बसोबास गर्दै आएका युवाहरूले समेत आर्थिक सहयोग गरिरहेका छन् ।

स्थानीय युवाको सक्रिय सहभागिता र विदेशमा रहेका युवाहरूको सहयोगले प्रतियोगितालाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।

आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक टिमलाई निर्धारित समयभित्र दर्ता गर्न आग्रह गरेको छ ।

प्रतियोगितामार्फत स्वर्गीय अभिषेकको सम्झनालाई निरन्तरता दिनुका साथै युवालाई खेलकुदमा आबद्ध गराउने लक्ष्य लिइएको क्लबले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...